काठमाडौं - पछील्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ७९१ जनासहित देशभर थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार देशभरि १७ हजार ४३७ जनाको नमुना परीक्षण गर्दा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कूल सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ।

पुष्टी भएका ६ हजार ४६२ जना कोरोना संक्रमितमध्य २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।

त्यस्तै ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ। यसअघि दुई विदेशीसहित २६ जनामा ओमिक्रोन देखिएको थियो। 

त्यस्तै पछिल्लो २४ घन्टामा थप १४१६ जना संङ्क्रमित कोरोनमुक्त भएका छन् भने थप ४ जना संक्रमितको मृत्यु भएको छ।