काठमाडौं - भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’नेपाली कम्युनिष्ट पार्टीसँग समाहित भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच रावल नेतृत्वको अभियान समाहित भएको हो।

कार्यक्रमलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह-संयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल  र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्नेछन् ।