वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ ।
गौतमले आयोगमा पार्टी खारेजका लागि निवेदन दिएका थिए । गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो ।
नेता गौतम नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि पार्टी खारेज गर्न आयोग पुगेका हुन् ।
हालसम्म आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ पुगेको छ ।




0 comment