काठमाडौं - सरकारले संघीय अस्पतालमा उपचार गर्न जाँदा विद्यार्थीलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीलाई परिचय पत्रका आधारमा ५० प्रतिशत ओपिडी शुल्कमा छुट गर्ने निर्णय गरेको हो। अब विद्यार्थीले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। त्यसका लागि विद्यार्थीहरुले आफ्नो परिचय पत्र देखाउनु पर्नेछ।
देशभर झण्डै ६० वटा संघीय अस्पताल रहेका छन्।
0 comment