काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आइतबार साँझ प्रकाशित नतिजाअनुसार, परीक्षामा सहभागी कुल १ लाख ४ हजार २६ जना विद्यार्थीमध्ये ७६ हजार ३६७ जनाले ग्रेड प्राप्त गरेका छन्। यो संख्या कुल परीक्षार्थीको ७३.४१ प्रतिशत हो।
बोर्डका अनुसार चार जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको छ।गत असोज ७ र ८ गते देशभर एकैसाथ कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो।




0 comment