काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.७५ अङ्कले बढेर २ हजार ६३१.१४ को बिन्दुमा कायम भएको छ । 

आज ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९.५१ को कारोबार भएको छ । आज व्यापार समूह १.१० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी वित्त समूह ५.१७ र जीवन बिमा समूह ४.३५ प्रतिशतले बढेको छ । बैंकिङ ०.२९, विकास बैंक ०.९०, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.१८, लगानी ०.८०, उत्पादन तथा प्रशोधन ०.९६, लघुवित्त १.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बिमा १.३३ र अन्य समूह १.२३ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ४.७६ प्रतिशतले घटेको छ ।

कारोबार रमक र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन बैंक लिमिटेड प्रमोटरको शेयर एक अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ बराबरको १ करोड ४० लाख ६ हजार २१७ कित्ता किनबेच भएको छ ।