काठमाडौं - आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ड बजे उनको मृत्यु भएको हो ।

पौडेलले गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।  गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

यसअघि उक्त घटनामा प्रहरीले गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। गिरीकै स्टुडियो अगाडि पौडेलले आत्मदाहको प्रयास गरेकी थिइन् । सोही कारण प्रहरीले उनलाई बोलाएर घटनाको सम्बन्धमा सोधपुछ गरेको हो ।