काठमाडौं - गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चितवनका गुञ्जन राईलाई नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो ।

उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको प्रहरीले जनाएको छ । राईले सामाजिक सञ्जालमार्फत आफूलाई जथाभावी गालीगलौज गरेको भन्दौ चौहानले प्रहरीमा उजुरी दिएकी थिइन् ।