काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ ।

आज हाल सम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको पहिलो दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै शुक्रबार तोलामा ३ हजार ३ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने घटेर तोलामा ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको  छ ।