काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल किन्न बन्द गर्ने सहमति जनाएको बताएका छन्।
ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुसमाथि आर्थिक दबाब दिन आवश्यक रहेको बताए। उनले रुसबाट तेल किन्ने देशहरूले अप्रत्यक्ष रूपमा युद्धमा रुसलाई सहयोग गरिरहेको पनि बताए।
ट्रम्पले भने,ʻयुक्रेन युद्ध एउटा यस्तो युद्ध थियो जुन रुसले एक हप्तामा जित्नुपर्थ्यो, तर चार वर्ष भइसक्यो। म यो युद्धको अन्त्य भएको हेर्न चाहन्छु। भारतले रुसबाट तेल किनेकोमा म खुसी थिइनँ। आज उसले मलाई रुसबाट तेल नकिन्ने आश्वासन दिएको छ। यो एउटा ठुलो कदम हो।ʼ
अमेरिकी राजधानी वासिङ्टन डीसीस्थित भारतीय दूतावासका प्रवक्ताले यसबारे टिप्पणी गर्न अस्वीकार गरे।
भारतले रुसबाट तेल खरिद गरेको भन्दै अमेरिकी राष्ट्रपतिले भारतमाथि थप कर लगाएका थिए।
ट्रम्पले लगाएको यो करको भारतले विरोध गरेको छ। यसले दुई देशबीचको व्यापार तनाव बढाएको छ।




0 comment