काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो। यो मूल्य हालसम्मकै उच्च हो । आज १० ग्राम सुनकै २ लाख १५ हजार १०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यसअघि हिजो छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस आधारमा आज सुनको मूल्य २ हजार रुपैयाँ बढेर कीर्तिमानी बिन्दु छोएको हो ।
यस्तै चाँदीको मूल्य समेत बढेको छ। हिजो तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।


0 comment