यहा बुँदाहरु मात्रै उल्लेख छन विश्लेषण आफैँ गर्नुहोस् । 

१) सांघाइ कोपरेशन अर्गनाइजेशनको महासम्मेलन ताका ओलीले चिनिया राष्ट्रपतिलाइ भेटी भारत र चीनको नेपालको भूमीमाथिको संयुक्त रवैयाको कडा टिप्पणी गरे अनि चीनले भारत नेपालको द्धिपक्षिय मामलामा चीन नपर्ने कुरा जनाएको सुनियो । 

२) ओलि नेपालको प्रधानमन्त्री कायमै रहे हडपेको नेपाली भूमी पचाउन नसक्ने ठोकुवा भारतले गर्यो र विकल्प खोज्न थाल्यो । 

३) चीनले नेपाललाई साथ दिन छाडेको थाहा लाग्ने वित्तिकै अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिनु पर्ने आफ्नो अडान दोहोर्यायो ।

४) ब्यापार युध्दमा फसिरहेका भारत अमेरिकाको स्वार्थ मिल्यो, किनकी भारतले धर्मशालामा दलाइ लामालाइ स्वतन्त्र तिब्बती सरकार सन ५० को दशक देखिनै चलाउन दिदै आएको, नेपाली भूमीको प्रयोग गरी तिब्बत स्वतन्त्र गराउन पाए सन १९६२ को चीनसंगको युध्दको हारको बदला पनि लिन पाइने र एसियामा आफु महाशक्ति बन्ने सपना पनि साकार हुने भारतले देख्यो । 

५) अब नेपालमा ओली सरकार ढाल्न सक्ने आन्दोलन र त्यस आन्दोलनलाई हाक्न सक्ने युवा नेतृत्वको खोजी हुन थाल्यो र त्यस आन्दोलनको नाम जेन्जी आन्दोलन जुराइयो । दुइ बुदे एजेण्डा तय भयो, एक भ्रष्टाचारीलाई पहिले जनकारवाही र अनि पछि कानूनी कारवाही, दुई ओली सरकारले वन्द गरेको सामाजिक सञ्जाल खुला गर्ने । 

६) राजनीतिक दलहरुको हेडक्वार्टर र नेताहरुको घर आगजनी होउञ्जेल त सर्वसाधारणले जेन्जीको नेतृत्वलाई वाहवाहनै गरिरहेका थिए तर जब सिंहदरवार, सर्वोच्च अदालत लगायत सार्वजनिक सम्पत्ति खरानी हुन थाले त्यहाँ अमेरिकी र भारतीय घुसपैठ प्रस्टै देखियो । जेन्जीहरु देखाउने दाँतमात्रै सावित भए । 

७) आन्दोलन पछिको सरकारमा जेन्जी प्रतिनिधि सामेल हुन नपाउनु, अमेरिकी गैर सरकारी संस्थाका समर्थक र कर्मचारीको सरकार वन्नु अनि त्यसलाई तिब्बती सरकारको प्रमुखको रुपमा दलाइलामा, भारत र अमेरिकाले वधाइ ज्ञापन गर्नुले अब नेपाली माटो चीन विरोधी अन्तराष्ट्रिय गतिविधिको थलो बन्ने पक्का भयो ।

८) आन्दोलनको जगमा गैर संबैधानिक सुशिलाको सरकार त बन्यो तर त्यसले मौजुदा संविधानकै आधारमा चुनाव गराउने घोषणा गरेपश्चात जेन्जीहरुका प्रत्यक्ष निर्वाचित कार्यकारी भन्ने पछिल्लो माग पनि ठाडै अस्विकृत हुन गयो र जनतालाई ललिपप चुसाउने किसिमको मल्लिक र रायमाझी आयोग जस्तै गौरी कार्की आयोग वन्नपुग्यो । 

९) भारतलाई ओली हटाउनु थियो, अमेरिकालाई चीनलाई जिल्लाएर नेपाली माटो तिब्बती स्वतन्त्रताको मुख्य थलो बनाउनु थियो त्यो बनाउन सफल भयो । चिन हेरेको हेर्यै भयोे । 

१०) आफ्ना कुनै पनि माग स्वीकृत नभएपछि जेन्जीहरु अहिले पुनः आन्दोलन चर्काउने कुरा गर्दैछन । सुशिलाको सरकारले त्यस्को कुनै मतलव गरेको छैन । किनकी विना घुसपैठ अब पुन शुरु हुने जेन्जी आन्दोलनमा न माओवादी, न राश्वपा, न बालेन, न दुर्गा प्रसाई न अरु कसैको पनि साथ र सहयोग नरहने स्पष्ट छ । 

११) आफुहरु माथि लगाइएको भ्रष्टाचार र सहकारी ठगीको कारवाहीलाई कसरि मत्थर गराउने भन्ने अभियानमा पुराना र नया दल र तिन्का नेताहरु जोडतोडले लागिपरिरहेको अवस्थामा वरु गणतन्त्र भन्दा राजतन्त्रनै ठीक, तै चुप मै चुप हुनुपर्छ त्यहि नै बच्ने उपाय हो पनि भन्दैछना । यसैकारण निर्मल निवाशमा चहलपहल पनि बढदै छ अरे ।