काठमाडौं - तुइनखोलामा खसेको सुख्खा पहिरो पन्छाएसँगै मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ। झन्डै ६ घण्टा प्रयासपछि साँझ ६ बजे पहिरो पन्छाई दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए।
दसैं मनाउन घर फर्किरहेका यात्रुहरूको भीड रहेको बेला सोमबार मध्यान्ह १२ बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। सडक अबरुद्ध हुँदा लामो समयसम्म सवारी साधन दुवैतर्फ थुनिएको थियो। उनका अनुसार, अहिले सडकमा सामान्य अवस्थामा सवारीसाधन सञ्चालन भइरहेको छ।
दसैंको चहलपहलसँगै बढेको सवारी चापका कारण पहिरोले थप समस्या निम्त्याएको थियो।सडक बन्द हुँदा यात्रुहरू लामो समयसम्म अलपत्र परेका थिए।


0 comment