नेपालमा करिब ७० प्रतिशभन्दा बढी जनतासँग इन्टरनेटको पहुँच छ । करिब ९० प्रतिशत भन्दा बढी जनतासँग अहिले नेपाल एन्ड्रोइट मोवाइल छ । गाउगाउका कुनाकुनाका जनताले फेसबुकबाट जोडिएर सुचनाहरु प्रवाह गरिरहेका छन । फेसबुक यूटुब चलाउनकै लागि पनि इन्टरनेट खरिद गर्ने जनता लाखौको संख्यामा छन । सामाजिक सञ्जालबाट नै आफ्ना व्यवसायहरुको प्रचार गरेर व्यपार गर्ने धेरै छन । सामाजिक सञ्चालमार्फत सुचना प्राप्त गरी अध्ययन गर्नेहरु पनि छन । लोक सेवा, शिक्षक सेवा आयोग लगायतको तयारी सामाजिक सञ्जालमा भिडियो हेरेर गर्नेहरुको संख्या ठूलो छ । सर्वसाधारण देखि रालनैतिक दलका नेतृत्व तहसम्मको सबैको फेसबुक पेजबाट नै सुचनाहरु आदान प्रदान भइरहेका छन ।

 सामाजिक सञ्जालमा सक्रिय भएर नै आज सरकारले गरेका महत्वपूर्ण कामहरु सर्भिस डेलीभरीमा विषय गाउका कुनाकुनाका जनताले थाहा पाइरहेका छन । सिंहदरबारका गतिविधि आज सामाजिक सञ्जालकै कारण गाउगाउका जनतालाई थाहा भएको छ । सामाजिक सञ्जालबाट टाढिन नसक्ने जनता धेरै छन । सुचनाको दुनियामा आज सामाजिक सञ्जाल प्रयोग आम जनताको लागि दैनिकी नै बनिरहेको छ । बालक देखि वृद्ध सम्म किसान देखि हाकिम सम्म सबैको प्रिय बनिरहेको छ सामाजिक सञ्जाल । कहाँ के भयो ? कसले के गर्यो ? राज्यका संयन्त्रहरुको सक्रियताको बारेमा पनि सामाजिक सञ्जालबाट धेरैलाई थाहा भइरहेको छ । 

नेपालमा चल्ने सबै मिडियाहरुको फेसबुक पेज जसका कारण सबैले सुचना पाइरहेका छन । सामाजिक सञ्जालमा भिडियो राखेको भरमा वर्षौ देखि छुटिएका परिवार जोडिएका छन । युटुबमा राखिएको कन्टेनले टेक्नोलोजीमा अभ्यस्तहुनहरु स्वरोजगार बनिरहेका छन । सामाजिक सञ्जालमा राखेका भिडियोबाट घरवास नहुनेहरुले सहयोग पाइरहेका छन । विपन्नहरुको लागि सहयोगको आधार बनिरहेको छ आज सामाजिक सञ्जाल । सरकार पुग्न नसकेको ठाँउमा सामाजिक सञ्जालबाट सरकारलाई नै सूचना प्राप्त पनि भइरहेको छ । युटुब फेसबुक जस्ता सामाजिक सन्जाल आज सुचनाको छिटोछरितो माध्यम बनिरहदा यसलाई व्यवस्थित गर्न सरकारको ध्यान जरुर छ । युटुब लगायतका सामाजिक सञ्जालमा राखिएका कतिपय कन्टेन आज धेरैका लागि सिकाइको माध्यम बनिरहेको कुरालाई सरकारले अनदेखा गर्नु हुँदैन । आज हामी नेपालमा बसेर अफ्रिकाको संस्कृति बुझन पाएका छौ । फ्रान्समा बसेर नेपालको सामाजिक व्यवहार नियाल्ने अवसर सामाजिक सञ्जालले नै दिएको छ । 

सामाजिक सञ्जालकै कारण विश्वमा भएका राजनैतिक परिघटनाहरु विश्वाका जनताले एकआपसमा थाहा पाउने अवस्था छ । सामाजिक सञ्जालले विश्वलाई एउटा मालामा गाँसेको छ जसका कारण रसियाको गाउमा गरिएको खेती नेपाली गाउगाउमा थाहा भइरहेको छ । भौगोलिक विविधता भए तापनि सामाजिक सञ्जलाले हामी सबैलाई सँगै राखेको छ । गाउका सुचना शहरमा शहरका सुचना गाउमा गाउमा भएका वेथिती हिंसा शहरमा र शहरमा भएका बेथिती हिंसा गाउमा थाहा दिने माध्यम पनि सामाजिक सञ्जाल बनिरहेको छ । कतिपय हिंसा दुव्र्यवहारका विषयहरु आज सामाजिक सञ्जालबाट निगरानी गरी प्रहरीले पीडकलाई नियन्त्रणमा लिन सकेको छ । सामाजिक सञ्जलामा आएका भिडियोलाई फलो गरी डनहरुलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । सुचना पाउने लिने दिने हक त संविधानले नै सुरक्षित गरिसकेको छ । आज सामाजिक सञ्जालकै कारण ट्रमका गतिविधि हामीले थाहा पाएका छौ । सामाजिक सञ्जालकै कारण आज पुटिनले गरेका निर्णय हामीलाई थाहा भइराखेको छ । नेपालमा सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाएर गर्नु भन्ने अदालतको फैसला थियो । धेरै देशले सामाजिक सञ्जाललाई दर्ता गर्ने र आफ्ना्े देशमा गुनासो सुन्ने अधिकारी राख्न अनिवार्य गरेका छन । त्यही अनुसार नै सामाजिक सञ्जाल सञ्चालनमा छन । सामाजिक सञ्जालमा सधै राम्रा सुचना मात्र आउछन हैन यसमा स्टन्ड देखाउने अवबाफ फैलाउने सुचना पनि आउने गर्छन । सामाजिक सञ्जालबाट नै चरित्र हत्या गर्ने राजनैतिक दलका नेतालाई गाली गर्ने अभियान पनि छरपष्ट नै छन । सामाजिक सञ्जालमा जानकारी दिएको कारण पनि हिंसा भएका छन । सरकारलाई गाली गर्ने आलोचना गर्ने सबै भन्दा धेरै सामाजिक सञ्जालबाट नै हो । 

सामाजिक सदभाव खलबलाउने स्टन्डबाजी गरेर देशभक्त बन्नेहरुको निगरानी सरकारले गर्नुपर्दछ । टेक्नोलोजीको दनियामा सरकारले गलत सुचना दिने सामाजिक सदभाव फैलाउने राष्ट्रप्रतिको बेभिचारी सुचनाहरुलाई नियमन गरी त्यसता सुचना आफै निस्क्रिय हुने सिस्टमको विकासमा सरकारले ध्यान दिन जरुरी छ । सरकारले सामाजिक सञ्जालको नियमनका लागि सक्रिय संयन्त्र स्थापना गरी सुचनाको हकलाई सरकारले थप सुनिश्चित गर्नका लागि ध्यान दिन जरुरी छ । सरकारले सामाजिक सञ्जाल नियमन निगरानी गर्ने बहुबैकल्पिक उपायहरुको बारेमा सरोकार राख्ने पक्षसँग छलफल गर्नु पर्दछ ।