रामशरण पाण्डे 

आजकाल जबरजस्ती उठान गराइएको मधेस नाम जुन नेपालको तराइमा पर्ने समथर भूभाग हो कुनैपनि कालखण्डमा मधेश भन्ने छुट्टै क्षेत्र नै थिएन त्यस्तो एेतिहासिक प्रमाण अहिले सम्म भेटिएको छैन, इतिहास तर्फ जाँउ, या पौराणिक कालखण्डमा नै किन नहोस मधेश भन्ने कुनै ठाउं भेटिदैन | फेरी अहिले कसको स्वार्थमा र किन मधेस शब्द को प्रयोग हुन्छ प्रश्न उठाउनु जरुरत छ |
त्रेतायुगका राजा जनक हुन् उनि कहिलै कतै मधेसका राजा भन्ने उल्लेख छैन त्यसकारण बर्तमान जोडिन बाँकि नेपालको [ टिष्टा -कांगडा ] बाहेक नेपालको पूर्वमा झापा- कंचनपुर पश्चिम सम्मको समथर भूभाग लाइ मधेस कसको कुन स्वार्थको लागि उठाइदै छ? यसलाई आम नेपाली जनता तथा तराइ भूभागमा बस्ने जनताले पनि बुझ्न जरुरी छ ।

कांग्रेस र माओबादी बाट भारतीय स्वार्थमा काम गर्न बाहिरिएका महन्त ठाकुर, उपेन्द्र यादव, जय कृष्ण गोइत, देखि राजेन्द्र महतो सम्म जब भारतीय स्वार्थका खातिर एक ठाँउमा मधेशको नाममा भारतीय पैसा र योजनामा उभिए त्यसै समय देखि मधेश शब्द चर्चामा आयो , विभिन्न आन्दोलन भए ,जब भारतले नै निर्माण गरेको कांग्रेसको गिरिजा कोइराला प्रधान मन्त्रि थिए उनैले ८ बुंदे र २२ बुंदे सम्झौता गर्दै मधेश प्रदेश बनाउने स्वीकृति दिए त्यसै समय देखि मधेसले राज्या बाट मान्यता पाएको देखिन्छ ,गिरिजा कोइरालाले त्यस बेला आफ्नो कांग्रेस पार्टीमा छलफल नै नगरी सत्ता लम्ब्याउन संघियता पनि घुसाउन भूमिका खेले त्यसै समय युरोपियन युनियन समेतको सहयोगमा नेपालमा संघियता ल्याइयो त्यसै दिन बाट नेपालमा भारतीय र अन्य मुलुकको क्रिडा स्थल बन्न थाल्यो ६२-६३ को भारतीय र युरोपियन युनियनको योजनामा भएको कथित जन आन्दोलनले पनि संघियता मागेको थिएन ,पछि माओबादि र युरोपियन कांग्रेस र गिरिजा एमाले र के.पी.माधब को माध्यम बाट अनि भारतीय स्वार्थमा जबरजस्ती नेपाललाई संघियतामा धकेलियो | यसले भोलिको दिनमा नेपाल लाइ कस्तो अबस्थामा पुर्याउला हेर्न बाँकि नै छ | जब प्रधान मन्त्रि प्रचन्डले बैशाख ३१ गते स्थानीय तहको चुनाव गराउने घोषणा गरे त्यस बाट नेपाल संघियताको बाटो तर्फ अग्रसर हुँदै छ यो चुनाव भयो र कुनै नँया घटना घटेन भने आउदो २०७४ भित्र नेपालमा संघियता को स+स्थागत हुन्छ तर मधेस के हुन्छ हेर्न बाँकि नै छ ।

मधेस शब्द सस्कृति भाषामा मध्य [ बीच] को अपभ्रंस हो भारतको पुरातन भाग ,बिन्धाचल कुरू क्षेत्र र अलाहबाद्को बिचमा पर्ने मध्य क्षेत्रलाइ नै मध्यदेश भनिन्छ नेपालको चुरे पछिको समथर भूभाग मधेस होइन तराइ बर्षमा पाहड़मा पानिपर्दा झर्दै समथर क्षेत्रमा तरिने ”जम्ने भाग लाइ नै ”तरी ”भनिन्छ फारसी भाषामा समथर भागलाई तराइ भनिन्छ जब १८ औ सताब्दी तिरको गोर्खाली राज्य अन्तर्गत पर्ने कागज पत्रमा हरियाली जंगल र भीरले घेरियाको पुर्बी तराइको जिल्लाहरुको नाम उल्लेख छ बि.सं१९६८ तिर भएको नेपालको जनगणना बिबरनमा पनि तराइ मध्ये तराइ पश्चिम तराइ भनि उल्लेख गरेको छ राणाकालको मध्येसमय तिरबाट भारतीयहरु रोजगार को लागि तराइ प्रवेश गर्न थाले उनीहरु खेतीपाती मजदुरी गर्न बढी आउथे त्यस क्रममा राणा लगाएत का प्रभाब साली व्यक्तिको खेति कर्मी बन्दै यतै बस्न थाले पछि २००७ सालमा कोशी ब्यारेज बनाउने क्रममा आएका कामदार हरु नै अहिलेका प्रदेश नं २ को मधेसी जन घनत्व आधार हुन् भने गण्डक नहर निर्माण मा आएका हरु चितवन ,नवलपरासी , रुपन्देही आदि ठाउमा बसेकाले नै नेपालमा भारतीय आप्रवासी समस्य उत्पन्न भएको हो उदाहरणको लागि २०२७ सालमा नक्कली विवरण पेस गरेर नेपाली नागरिता लिएका राजेन्द्र महतो , छदै छन् उनि नेता भएकाले प्रचारमा आयो त्यस बिधि बाट नेपाली भएका हरुको संख्या करिब १ करोड को हाराहारीमा छ त्यसैले नागरिता छानमिन समिति बनाउदै गैर नागरिकलाई पैचन गर्ने हो भने नेपालको बर्तमान जनसंख्या करिब २ करोड चानचुन मात्र हुन् आउछ, त्यता पनि ध्यान दिन जरुरि छ , अर्को तर्फ नेपालमा कहिले जातीय राज्य थियन जब पृथ्वी नारायण शाहले एकीकरण गोर्खा बाट सुरु गरि बिशाल नेपाल बनाए उनले कहिले गोर्खामात्र नभनी सिंगो नेपाल भने त्यसको पनि त् कारण होला” भाषालाई गोर्खाली भनेनन त्यसको पनि त् कारण होला” उनले सबै भाषा धर्म सस्कृतिको भूभागको समान महत्व देखेर नै नेपालको राष्ट्रियता हिमाल पाहाड ,तराइ लाइ एकताको सुत्रमा बाँधे त्यहि सुत्र भत्काउन भारतीय योजनामा ल्याईएको सब्द हो मधेश जसबाट होसियार हुनै पर्छ ,नेपालको कालो छाला सबै मधेसी होइनन ति भूमिपुत्र तराइवासि हुन् जो आज भारतीय मधेसीको कारण अस्तित्व संकटमा छ जसलाई जोगाउन पनि गैर नागरिकको खोजिहुन जरुरि छ नेपालको बर्तमान समस्याबाट उम्कने भनेको तराइवासि नेपालीको सहयोगमा तराइको नागरिता छान मिन गर्ने हो त्यसै बाट समस्याको समाधान हुन्छ यो बैज्ञानिक पनि छ यसले नेपालको तराइ वासीको पनि हित गर्छ सिंगो नेपालको पनि रक्षा गर्छ |