काठमाडौं - निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पेस गरेको सबै प्रस्ताव सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता लिने भएको छ ।
गृह,कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि संचारकर्मीसंग कुरा गर्दै सो जानकारी दिए ।
निर्णय सार्वजनिक गर्दै उहाले अघिल्लो मन्त्रिपरिषद्मा पेस भएको तर निर्णय नभएको प्रस्ताव सम्बन्धित मन्त्रालयमै फिर्ता गर्ने निर्णय गरिएको बताएका हुन् ।


0 comment