काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका मन्त्रीलाई राजीनामा दिनका लागि तयारी अवस्थामा रहन आफू पक्षका मन्त्रीहरूलाई निर्देशन दिएका छन्। जेन–जी प्रदर्शन हिंसात्मक भएपछि कांग्रेस सरकारमा बस्न उपयुक्त नहुने भन्दै उनले आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको उनी निकट एक नेताले जानकारी दिए।
कोइरालाले मन्त्री तेजुलाल चौधरी, बद्री पाण्डे, रामनाथ अधिकारीलाई राजीनामा दिन निर्देशन दिएका हुन्। यसैगरी प्रदीप पौडेल पनि राजीनामा दिने सम्भावना रहेको बताइएको छ।
एक साताका लागि चीन भ्रमणमा गएका कोइराला भ्रमण छोट्याएर फर्कन लागेका छन्।
यसअघि सोमबार रमेश लेखकले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिएको बताएका थिए।
जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन सयभन्दा बढी घाइते भएका छन्।


0 comment