काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल खुला गर्न आग्रह गरेका छन् ।
कांग्रेस पदाधिकारी बैठकपछि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका तत्काल खारेज गर्न पनि आग्रह गरेका छन् । देउवाले प्रधानमन्त्रीसँग प्रत्यक्ष फोन संवाद गर्दै सामाजिक सञ्जालमाथिको बन्देजलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको बताए।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेकै बेला सभापति देउवाले ओलीलाई फोन गरेका हुन् । सामाजिक सञ्जाल बन्द गरिएकोप्रति सत्तारुढ कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।


0 comment