काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही भदौ २४, २५ र २६ गतेका लागि तय गरिएको स्नातक तह दोस्रो वर्ष (चार वर्षीय, आंशिक तथा मौका) को परीक्षा स्थगित गरेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार बिहान ७ देखि १० बजे र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने सबै परीक्षा स्थगित गरिएका हुन्।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले देशमा उत्पन्न आकस्मिक र असहज परिस्थितिका कारण परीक्षा स्थगन गर्ने निर्णय गरेको हो। स्थगित परीक्षा आगामी असोज २, ४ र ५ गते सोही समय र तोकिएको परीक्षा केन्द्रमै सञ्चालन हुने त्रिविले जनाएको छ।




0 comment