काठमाडौं - एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । 

पार्टीको केन्द्रीय सचिवालयको आज बसेको आकस्मिक बैठकले ‘जेनजी’पुस्ताका युवाहरूको माग सम्बोधन गर्नुपर्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको हो ।

प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकले सामाजिक सन्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गरेको छ ।

आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरूको समर्थन गरेको छ । ‘सरकार हिंसात्मक दमनमा उत्रिएको छ, केही युवाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् ।