काठमाडौं - नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक अहिले बुढानीलकण्ठमा बसिरहेको छ ।
देउवा निवासमा जारी पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको उपस्थित रहेको छ । जेनजीको प्रदर्शनलाई लिएर सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारी बैठक डाकेका हुन् ।
सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल गरेपछि युवाहरु झन आक्रोशित बनेका हुन् । सामाजिक सञ्जाल बन्द गरेकोप्रति कांग्रेसले पनि आपत्ति जनाउँदै आएको छ ।
भ्रष्टाचार र बेतिथिविरुद्ध सडकमा ओर्लिएका जेनजीमाथि प्रहरीले दमन गरेपछि त्यसले हिंसात्मक रुप लिएको छ ।


0 comment