काठमाडौं - नेपाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जेठ २ गते बैतडीको पाटनबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ। बर्खा लागेपछि रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पुनः सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼ पोखरा पुगेका छन्।  

वर्षाका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान आज पोखराको रुपा–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु हुने माओवादी केन्द्रले जनाएको छ।  

साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकले बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान पुनः सुरु गर्ने निर्णय गरेको थियो।