काठमाडौं - आफू प्रधानमन्त्री हुँदा टिकटक बन्द गराएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गरेकोप्रति विरोध जनाएका छन्।
उनले सरकारको कदमलाई अलोकतान्त्रिक, संविधानविपरीत र अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भनेका छन्। प्रचण्डले संसदमा विचाराधीन विधेयकलाई छलफलविनै कार्यकारी आदेशमार्फत लागु गर्नु आपत्तिजनक भएको उल्लेख गर्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
उनले सामाजिक सञ्जाल बन्दले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र उनीहरूका परिवारबीचको सम्पर्कमा असर परेको जनाएका छन् । उनले सामाजिक सञ्जालको ‘नियन्त्रण’ होइन ‘नियमन’को पक्षमा आफूहरू अडिग रहेको स्पष्ट पारे।


0 comment