काठमाडौं - प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी माओवादीका एक सांसदको माइकको लाइन सभामुख देवराज घिमिरेले बोल्दाबोल्दैको अवस्थामा काटेका छन् । 

सांसद छिरिङ ल्हामु लामा तामाङले आकस्मिक समयमा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्न थालेपछि सभामुखलाई आफू के विषयमा बोल्न भनेर विषय टिपाएको हो त्यसमा केन्द्रित हुनु भन्दै आइन काटेका हुन् ।

आकस्मिक समयमा बोल्न सांसदहरुले पहिले नै विषय टिपाएका हुन्छन् । त्यो भन्दा बाहिर गएर कसैले बोल्न थाल्दछ भने सभामुखलाई माइक अफ गर्ने अधिकार रहेको छ ।

प्रधानमन्त्री ओलीको आलोचना गर्न थालेपछि सभामुख घिमिरेले पटकपटक विषयमा बोल्न निर्देशन दिएका थिए ।सांसद तामाङले कर्णाली प्रदेशको विकासमा सरकारले आवश्यक बजेट र स्रोत साधन उपलब्ध नगराएको आरोप लगाएकी थिइन् ।