काठमाडौं - पोखरामा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको छ । ग. १ ख. ९५६२ नम्बरको बस फिर्ता हुने क्रममा पोखरा महानगरपालिका–२२ स्थित सिद्धार्थ राजमार्गमा आगलागी भएको हो ।

कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको जानकारी दिए । प्रहरीले यात्रुहरूलाई अन्य सवारी साधनको व्यवस्था गरी गन्तव्यतर्फ पठाएको छ ।  गुडिरहेको बसमा 'वायरिङ' सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मानवीय क्षति नभए पनि बस भने पूर्णरूपमा जलेर नष्ट भएको छ ।  घटनाको प्राविधिक अध्ययन भइरहेको जनाइएको छ ।