काठमाडौं - माइतीघरमा भइरहेको उखु किसानको धर्ना तथा प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता प्रकट गर्ने क्रम जारी रहेको छ ।
यसैक्रममा आजको धर्नामा जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित भई आन्दोलनरत किसानप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।
यसअघि पनि विभिन्न दलका नेताहरूले आन्दोलन स्थलमा पुगेर समर्थन जनाएका छन्। पटक-पटक प्रधानमन्त्री तथा मन्त्री हुँदा किसानहरुको मागप्रति वेवास्था गर्नेहरु लाज पचाएर धर्नामा सहभागी भएको आरोप पनि लाग्ने गरेको छ ।
देशभरबाट काठमाडौंमा भेला भएका उखु किसानहरुले सरकारले लिखित प्रतिबद्धता नजनाउँदासम्म आन्दोलन नरोकिने बताएका छन्। उनीहरूले आन्दोलनरत किसानहरूको जायज माग सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्ने माग गरे। उखु किसानहरूले बक्यौता रकम भुक्तानी र नीति निर्माणमा सुधारको माग गर्दै पाँच दिनदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन्।


0 comment