काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्नुपर्ने बताएको छ ।
रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले मंगलबार विज्ञप्ति जारी नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको उल्लेख गर्दै भारत र चीनले व्यापार नाखा खोल्ने भनी गरेको सहमतिप्रति आपत्ति प्रकट गरेका छन् ।
‘देशभित्र उठेका सन्देह र प्रश्नहरूमा सरकारको तयारीबारे सार्वजनिक स्पष्टताका साथ प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गरियोस् भन्ने रास्वपाको माग रहेको छ,’ विज्ञप्तिमा छ, ‘नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना वैध मान्न सकिँदैन । यसविपरीतका कार्य हुन्छन् भने तिनले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तविपरीत भएको मानिनेछ भन्नेमा रास्वपा स्पष्ट छ ।’
यस्तो छ विज्ञप्ति


0 comment