काठमाडौं - राष्ट्रिय जनमोर्चाले लिपुलेक नेपालको भूभाग भएको भन्दै भारत र चीनलाई नेपालको सार्वभौमिकता स्वीकार गर्न आग्रह गरेको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै चीन र भारतबीच लिपुलेकसम्बन्धी भएको सहमति खारेज गर्न माग गरेका छन्। उनले नेपाल सरकारलाई पनि यस विषयमा कडा रुपमा बोल्न भनेका छन्।
उनले भनेका छन्, ‘लिपुलेक हाम्रो हो भन्ने कुरा स्पष्ट छ। भारत र चीनले आपसमा गरेको सहमति तत्काल खारेज हुनुपर्छ।’
यस्तै, उनले कालापानी क्षेत्रमा भारतले गरेको कब्जालाई अन्तर्राष्ट्रिय तहमा उठाउन पनि सरकारलाई माग गरेका छन्।
जनमोर्चाले सरकारलाई छिटो कदम चाल्न र सबै नेपालीलाई देशको भू–अखण्डता र सार्वभौमिकताको पक्षमा एकजुट हुन अपिल गरेको छ।


0 comment