काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको टिप्पणी गरेका छन् ।
संसद् भवन बाहिर बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्यको बारेमा सदनमा वास्तविक भन्दा फरक कुरा बोलेको बताए ।
प्रचण्डले भने, ‘टियू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिए ।’
प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने क्रममा टियू क्रिकेट रंगशालाको अवस्थाबारे सँगै गएर अनुगमन गर्न प्रचण्डलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ ।


0 comment