काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद चन्दा कार्कीले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै उनले स्वतन्त्र न्यायपालिकामाथि राज्यले हस्तक्षेप गरेको पनि आरोप लगाइन् ।
उनले भनिन्, ‘अदालतको फैसला सरकारले जिम्मा लिन नसक्ने उचित होइन । राज्यले हस्तक्षेप गरेपछि स्वतन्त्र न्यायपालिका कसरी हुन सक्छ ? म सदनमार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद कार्कीले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेर आर्थिक पारदर्शिता कायम गर्नुपर्ने बताउँदै जनताको जनभावनाको सबैले कदर गर्नुपर्नेमा जोड दिइन् ।


0 comment