काठमाडौं - सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ । यस्तै सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले योसँगै १८ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै उनले सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय पनि सरकारले गरेको जानकारी दिए । साथै सरकारले राससको महाप्रबन्धकमा सन्दीप राईलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।