काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेका प्रिय पात्र दीपकराज बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ ।

रास्वपाले निर्वाचन आयोगमा पठाएको सूचीमा बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ । आयोगले बुधबार नै नयाँ सूचीलाई अध्यावधिक गरेको छ । 

आयोगले अध्यावधिक गरेर सूचीमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सूचीमा बोहरालाई केन्द्रीय सदस्य कायम गरिएको उल्लेख छ । सांसद् सुमना श्रेष्ठले राजीनामा दिएपछि महिला कोटाको सहमहामन्त्री पद भने अझै रित्त छ ।

रास्वपाको विधान अनुसार १३ जना पदाधिकारीमा उपसभापति, सहमहामन्त्री, कोषाध्यक्ष वा सह कोषाध्यक्ष र सहप्रवक्तामा एक महिला अनिवार्य गरिएको छ ।