काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् । लोसपामा निष्कृय रहेका झाले दिएको राजीनामा पार्टी अध्यक्ष महन्थ ठाकुरले स्वीकृत गरेका छन् ।

झाले किन राजीनामा दिए भन्ने बारेमा भने खुलाइएको छैन । तर उनी पार्टीको बैठकमा सहभागी हुन केही महिना अघि देखिनै छाडिसकेको बताइएको छ ।

२०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित झा २०७९ को चुनावमा भने पराजित भएका थिए । ०७४ को निर्वाचनमा विजयी भएपछि उनी राजनीतिमा निकै सक्रिय थिए । ०७९ मा पराजय भएसँगै राजनीतिमा निष्क्रिय रहँदै आएका छन् ।