काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को निर्वाचनमा उम्मेदवार हुन इच्छुक भई आवदेन दिएका ९ जनासँग छलफल गर्दैछ ।

आवेदन दिएका ९ जनासँग आज दिउँसो १ बजेदेखि छलफल गर्न लागिएको प्रवक्ता मनिष झाले जानकारी दिए । छलफलमा सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी सभापति देवराज पाठक सहभागी हुनेछन् ।

कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा,ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुशुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए । रास्वापाले उम्मेदवारी दिनेविरुद्ध उजुरी दिन २४ घण्टाको समय दिइएको थियो । उनीहरुविरुद्ध के कस्ता उजुरी परे भन्नेबारेमा भने सार्वजनिक गरिएको छैन ।

राप्रपाका नेता दीपक बोहोराको निधन भएपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो । सबै दलले योग्य उम्मेदवारको खोजी गरिरहेका छन् ।