काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा खटिएको लागु औषध नियन्त्रण व्यूरोको विशेष प्रहरी टोलीले ब्राभित्र लुकाई छिपाई राखेको तरल अवस्थाको लागु औषध कोकिन १ के. जी ९५० ग्राम सहित ब्राजिलियन महिलालाई पक्राउ गरेको छ ।
टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिहरुको शंकास्पद गतिविधी पहिचान गरी निग्रानी गर्ने क्रममा ब्राजिलबाट दोहा हुँदै नेपाल आई नेपालबाट भुटान जान लागेकी बर्ष २१ की EMILLY MIKAELE SANTOSH FERREIRA लाई बिमानस्थलको प्रस्थान कक्ष अगाडीबाट पक्राउ गरेको हो ।
EMILLY ले लगाई राखेको कालो रङको ब्राभित्र तरल अवस्थाको लागु औषध कोकिन १ के. जी ९५० ग्राम प्रहरीले बरामद गरेको छ ।
उनीमाथी लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको छ ।


0 comment