अहिलेको तरंगित विश्व राजनीतिको विश्लेषण गर्ने हो भने विश्व दिनदिनै युद्धमा जति लपेटिदै छ त्यतिनै विशाल नेपाल बन्ने संभावना स्पष्ट देखिदैछ । लक्षणहरु यसता छन ।
१) मे १४ १९४८ मा इज्रायल भन्ने देश मध्यपूर्वमा जन्म भयो र यसलाई औपचारिक मान्यता दिने अमेरिका प्रथम राष्ट्र बन्यो तबदेखि नै त्यो क्षेत्रमा युद्ध छिटफुट भइनै रहेको अवस्था थियो भने अहिले आएर ईज्रायल हमास (पेलेस्टिनी) युद्धमा अमेरिका र इरान प्रत्यक्ष रुपले जोडिन पुगेका छन । अर्कोतर्फ अमेरिका नेटो गठवन्धन रहेको फ्रान्स र बेलायतले पनि पेलेस्टिनीलाई स्वतन्त्र राष्ट्रकोरुपमा मान्यता दिने घोषणा गरे पश्चात अमेरिका सामरिक रुपमा एक्लिने संभावना ह्वात्तै बढेको छ ।
२) सन १९४७ मा भारत छोडेर जाने बेलामा बेलायतले भारत र पाकिस्तान गरी दुई राष्ट्रमा विभाजन गरेको थियो भने सन ७० को दशकमा पाकिस्तान पुनः विभाजन भई बाग्लादेश भन्ने राष्ट्र उदायो । हालै भएको भारत पाकिस्तान झडपमा पाकिस्तान कमजोर हुन्थ्यो भने फेरि पाकिस्तान टुक्रिएर बेलोचिस्तान नयाँ राष्ट्रको रुपमा उदय हुन्थ्यो होला तर पाकिस्तानको पक्षमा चीनको लडाकु जहाजको सफल प्रयोग भएपश्चात भारत हच्क्यो र यद्धविराम गर्न बाध्य भयो ।
३) सन १९४७ मा भारत र पाकिस्तान विभाजन हँुदा सिखहरु दुवैतिर बिभाजित भए । सिखहरुको स्वतन्त्र राष्ट्रको लडाई एकपटक उत्कर्षमा पुग्यो तर सिख नेता भिद्रेनवाले मारिए पछि शिथिल हुन पुगेको खालिस्तानको आन्दोलन कालान्तरमा क्यानडा र अमेरिकाको सहयोगमा फेरि जुर्मुराएको छ । क्यानडामा शिख नेताको रअद्धारा हत्या भएको कारण भारत र क्यानडाको सम्बन्ध चिसिनु अनि अमेरिकी राष्ट्रपति ट्रम्पको शपथ ग्रहण कार्यक्रममा शिख नेतालाई भारतीय विदेश मन्त्री जतिकै महत्व दिइनुले अमेरिका र क्यानडा शिख स्वतन्त्रताको पक्षधर छन भन्ने स्पष्ट भएको छ । यसको अर्थ पनि भारतको संभावित विखण्डन हो भनेर बुझनु पर्छ ।
४) नेटोलाई अमेरिका र यसका संवद्ध राष्ट्रहरुले पूर्वी यूरोपतर्फ तन्काउन खोज्दा रुस युक्रेन युद्ध लम्विरहेको छ जसको कारण विश्व आर्थिक मन्दी आई विश्व अर्थव्यवस्था डामाडोल भइरहेको छ । नेटोले पूर्वी युरोपबाट आफुलाई फिर्ता नगरेसम्म शान्तीको आश नगरे हुन्छ । यस युद्धमा रुसको पक्षमा उत्तर कोरियाली सेनापनि लडिरहेको सन्दर्भमा कोरियापनि युद्धको एक अंश हुन पुगेको छ । अर्कोतर्फ अमेरिकाको चेतावनीको बावजुद पनि भारत र चीनले रुससँग उर्जा खरिद गर्ने कार्यलाई निरन्तरता दिइरहेको कारण अमेरिकाले ती देशको आयातमा भारी भन्सार लगाउदा भारत र चीन दुबै अहिले अमेरिकासँग व्यापारयुद्धमा फस्न पुगेका छन । त्यो युद्ध कुनै पनि बेला सामरिक युद्धमा परिणति नहोला भन्न सकिन्न ।
५) बेलायतको अधिनमा रहेको हङकङ चीनमा एकिकरण भएपश्चात चीनको ध्यान अब पूर्णरुपमा ताइवानमा केन्द्रित भइरहेको छ । ताइवानी टापुलाई चारैतिरबाट चिनिया जलसेनाले घेरीसकेकको अवस्था रहेको र दक्षिण चिनिया सागरमा रहेको अमेरिकी जलसेना थोरैमात्रै कमजोर हुने अवस्था सिर्जना.भएमा ताइवान हङकङ जस्तै चीनमा विलय हुनेछ र उत्तर र दक्षिण कोरिया एकिकृत हुनेछन । यस्तो हँुंदा विश्व राजनीतिमा चीनको वर्चश्व रहने स्वतसिद्ध छ ।
६) कुनैवेला सोभियत संघसँग २० वर्षे सैन्य सन्धी गरी त्यसैको बलमा पाकिस्तान टुक्राई बाग्लादेश बनाउन र सिक्किम खान सफल भारत हिन्द प्रशान्त रणनीति भन्दै चीन टुक्राउने अमेरिकी रणनीतिको पक्षपोषक भएपछि यसले बिवादित क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा नेपालको कालापानी क्षेत्रलाई भारतको देखाइएको छ । त्यसको लगत्तै चीनले पनि अरुणांचल प्रदेशको ठूलो हिस्सालाई आफ्नो भन्दै नयाँ नक्सा जारी गरेपश्चात भएको हिन्दीचीनी झडपमा २१ जना भारतीय सेना मारिएपछि यिनीहरु दुई वीचको दुश्मनी उत्कर्षमा पुगी चीनको चुनौतिको अगाडि भारत लाचार बन्न पुगेको अवस्था छ ।
७) बांग्लादेशमा भएको सफल जनविद्रोहको कारण प्रधानमंन्त्री शेख हशिना भागेर भारतमा शरण लिएको अबस्था छ अहिले । पहिले पनि भारतपक्षीय खेमामा आफुलाई उभ्याएको कारण बाग्लादेशका राष्ट्रपिता भनेर मानिएका यिनै शेख हसिनाका पिता शेख मुजिवर रहमानको हत्या राष्ट्रवादी बाग्लादेशी जनताले गरेका थिए । हसिना भागेपछि देशको कार्यकारी प्रमुख बनेका युनुसलाई चीन पक्षीय भन्दै भारतले बंगालको खाडीमा बाग्लादेश विरुद्ध नाकावन्दी लगाएको छ । भारतीय हेपाहा प्रवृत्तिलाई चुनौति दिंदै युनुसले चीन भ्रमण गरे पश्चात अहिले चीन पाकिस्तान र बाग्लादेश भारत विरोधी संयुक्त सैन्य गठावन्धनमा जोडिएका छन । चीन पहिले अमेरिकालाई ठेगान लगाउने अनि मात्रै भारतलाई साइजमा ल्याउने रणनीतिमा छ अहिले ।
८) सामरिक रुपमा मात्रै नभई आर्थिक रुपमा पनि अमेरिकालाई घुडा टेकाउन ब्रिक्स राष्ट्र ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रीका अमेरिकी डलरलाई विस्थापन गर्ने भन्दै साझा मुद्रा प्रचलनमा ल्याउने अभियानमा लागेका छन । त्यसो भएमा डलरको विश्वब्यापी एकाधिकारको पनि अन्त्य हुन जानेछ र अमेरिकाले आर्थिक रुपमा पनि घुडा टेक्ने दिन छिट्टै आउनेछ ।
९) भारतले धर्मशालामा अहिले पनि दलाई लामाको निर्वासनमा रहेको स्वतन्त्र तिब्बतको सरकार चलाउन दिएको छ भने ताइवानलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने सोचमा अघि बढिरहेको छ । अमेरिका र भारतले चाहे जस्तो चीन विखण्डन भई तिब्बत स्वतन्त्र राष्ट्र बनेमा विशाल नेपालको त कुरै छोडौ यहि मेची महाकालीको नेपाल पनि सिक्किम बन्न जाने पक्का छ । होइन चीन सवल भई अमेरिका र क्यानडा खालिस्तानलाई स्वतन्त्र राष्ट्र बनाउन सफल भयो भने चीनको सहयोगमा पूर्वोत्तर भारतमा अरुणांचल प्रदेशसहित नयाँ ७ स्वतन्त्र राष्ट्रहरु (अरुणांचल, मणीपुर, त्रिपुरा, नागालैण्ड, मिजोरम, आसाम र मेघालय) बन्ने छन । अहिले नै स्वतन्त्र मणीपुर राष्ट्रको सरकार बेलायतमा बनि सकेको अवस्था छ । यो भनेको भारतको आम विखण्डन नै हो । यसो भएमा कसैले चाहेपनि नचाहेपनि विशाल नेपाल स्वतः निर्माण हुनेछ ।
अहिलेको विश्व राजनीतिमा आएको उतारचढावले यहि कुरा इगिंत गर्दछ । अहिले भारतले कब्जा गरिरहेको टिष्टा र कांगडा क्षेत्रका नेपालीहरुलाई सोध्ने हो भने उनीहरु कोहि पनि भारतीय उपनिवेष भित्र बस्न चहादैनन भन्ने कुरा सामाजिक संजालमा प्रस्टै देखिइरहेको छ । तसर्थ अब नेपालमा बाग्लादेशमा जस्तै खाटीको राष्ट्रवादी सरकार बन्नु पर्दछ र यो सरकार चीनद्धारा नेतृत्व गरिएको सैन्य संगठनमा जुटनु पर्दछ । यही अन्तर्राष्ट्रिय परिस्थितिको सहि मूल्यांकन गरेर नै हामी विशाल नेपाल महाअभियानले हिन्द अमेरिकी रणनीतिलाई ध्वस्त बनाउन चीन, रुस, उत्तर कोरिया, म्यानमार, पाकिस्तान र इरान सामेल भएको सैन्य संगठन बन्नु पर्दछ र त्यसमा नेपाल पनि सामेल हुनुपर्दछ भनेका हौं । नेपाल यो संगठनमा सामेल नभई अमेरिकी हिन्द प्रशान्त रणनीतितर्फ कायम रहेकोले हामीले विशाल नेपाल मुक्ति सेना गठन गरी चीनसँग हामीलाई सहयोग गर्न अपिल गरेका हौ ।
आशा गरौ चीनले बाग्लादेशका युनुसको जस्तै हाम्रो कुरा सुनी विशाल नेपाल मुक्तिसेनालाई सहयोग गरेमा ब्यास क्षेत्रबाट भारतीय सेनालाई लखेटी चिकेन नेक (सिलगुडी करिडर) कब्जा गरी विशाल नेपाल प्राप्त गरेरै छोडनेछौ । जति विश्वयुद्धको संभावना बढ्दैछ विशाल नेपालको संभावना पनि प्रखर हुदै गइरहेको छ भन्दा अत्युक्ति नहोला ।




1 comment
Dr.D.D.Oant शुक्रबार, २३ साउन, २०८२
Excellent . Logically proven.