काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारकै कारण विद्यालय शिक्षा विधेयक रोकिएको आरोप लगाएका छन्।
राष्ट्रिय सभागृहमा बिहीबार अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको विद्यार्थीसँग संवाद कार्यक्रममा प्रचण्डले कांग्रेस र एमालेकै कारण विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका हुन् ।
असार १५ मै पारित गर्ने भनिएको विधेयक सरकारकै कारण रोकिएको उनको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेस हुन ढिलाइ भएको उनको भनाइ थियो ।
प्रचण्डले विद्यालय शिक्षा विधेयक आफ्नै प्रधानमन्त्रित्वकालमै दर्ता भएको प्रसंग पनि सुनाए । ओली शिक्षकहरूलाई सुविधा नदिने पक्षमा रहेको भन्दै प्रचण्डले आफूले शिक्षक र विद्यार्थीको पक्षमा बोलिरहँदा गालीगलौज गर्ने गरेको बताए ।


0 comment