काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको छ। काठमाडौँको बानेश्वरमा बिहीबार बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको हो।
अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बुवा हुन्। उनी प्रतिनिधिसभा सदस्यसमेत हुन्। संस्थापक चौधरीले धुस काण्डमा मुछिएकी आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका छन्।
यसैबी नाउपाकी निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीले विधान विपरीत काम गरेको आरोप लगाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोधेकी छिन् ।
तीन पृष्ठ लामो पत्रमार्फत श्रेष्ठले आफू अस्वस्थ्य भएका कारण पार्टी गतिविधिमा सक्रिय हुन नपाएका बेला संसदीय दलका नेता चौधरीले विधानविपरीत गतिविधि गरेको आरोप लगाएकी छन् ।
आफूलाई जानकारी नगराई विधान विपरीत केन्द्रीय समिति बैठक आह्वान गरिएको, पार्टी महासचिवको रूपमा हस्ताक्षर गरी निर्वाचन आयोगमा पत्र पठाएको तथा पार्टी एकता र अनुशासनविपरीत व्यक्तिगत निर्णयहरू गरेको श्रेष्ठको आरोप छ ।
पार्टीको आन्तरिक विधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र निर्वाचन आयोगसमक्ष पेश गरिएका दस्तावेजअनुसार चौधरीले एकल निर्णयबाट गर्न नपाउने भन्दै श्रेष्ठले चौधरीसँग लिखित जवाफ माग गरेकी छन् ।
२४ घण्टाभित्र लिखित स्पष्टीकरण नआएमा पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अघि बढाइने श्रेष्ठले चेतावनी दिएकी छन् ।


0 comment