नागरिक उन्मुक्ति पार्टी नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले विधान विपरित बोलाईएको राष्ट्रिय भेलाको वैधानिकता नभएको बताएकी छिन् ।

पार्टीको विधान अनुसार राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै भएको र आफुले कुनै राष्ट्रिय भेला आह्वान नगरेको बताउदै श्रेष्ठले त्यो भेला वैधानिक छैन भनिन्।  

उनले पार्टीभित्रको पछिल्लो गतिविधिले पार्टी अझै कमजोर बनेको टिप्पणी गरेकी छन् ।

हिजोदेखि जारी नाउपाको भेलाले पहिलो दिन अध्यक्ष श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको छ ।

भेलाले आज नयाँ कार्यसमिति चयन गर्ने बताईएको छ ।

यो भेला बहुमत केन्द्रीय सदस्यले आह्वान गरेको हो । भेलामा पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका केन्द्रीय सदस्य तथा सांसदहरु भने  उपस्थित भएका छैनन् । 

अध्यक्षका लागि प्रतिनिधि सभा सदस्य लालवीर चौधरी, रामलाल डगौरा र गङ्गा चौधरीको चर्चा  चलेको छ ।