पहिलो विश्व व्यवस्थामा बेलायत, फ्रान्स, स्पेन र पोर्चुगलको हैकमवाद थियो ।  विश्वको ६५ प्रतिशत देश बेलायतको, ३० प्रतिशत देश फ्रान्सको र ५ प्रतिशत देश स्पेन र पोर्चुगलको उपनिवेष थियो । यी चार राष्ट्रको उपनिवेषलाई तोडेर आफनो उपनिवेष वनाउने अभियानमा जर्मनी, जापान र इटली संयुक्तरुपमा लागि पर्दा पहिलो र दोश्रो विश्व युद्ध हुन गयो । जसको फलस्वरुप पहिलो विश्व व्यवस्था परिवर्तन हुन गयो । 
विश्व युध्दमा जर्मनीलाइ पराजय गर्न तत्कालिन सोभियत संघ र जापानलाइ पराजय गर्न संयुक्तराज्य अमेरिकाको प्रमुख भूमीका रहन जादा विश्व युध्दको समाप्तिसंगै विश्वमा अमेरिका र सोभियतसंघको संयुक्त हैकमवाद स्थापित भयो । यसो हुदा जर्मनी कोरिया, भियतनाम अनि यमन पुजिवादी र समाजवादी गरी दुइ विभिन्न देशमा विभक्त भए । सोभियत र अमेरिकी दुवै खेमा तिर नलाग्ने गरी समदुरी वस्न चहाने देशहरु आफुहरुलाई असंलग्न राष्ट्र भन्न थाले । हामी तिर लागे तेरो देशको विकास गरिदिन्छौ भन्दा अमेरिकी खेमामा पंश्चिम जर्मनी, जापान लागे भने सोभियत खेमामा पूर्व जर्मनी लाग्यो । खिचातानीमा परेको कोरिया, भियतनाममा दुइ पक्ष वीच युध्द भयो  दुवै युध्दमा अमेरिकी पक्ष विजय हुन नसक्दा कोरिया विभाजन भई उत्तर र दक्षिण गरी दुइ कोरिया भयो भने समाजवादी भियतनामलाई टुक्राउन अमेरिकी खेमा सफल रहेन । यस प्रकार सन १९९० सम्म विश्वमा सोभियत अमेरिकी हैकमवाद कायम रह्यो ।


सन १९९०को शुरुवातसंगै पूजिवादी ब्यवस्था क्रमस सफल र समाजवादी ब्यवस्था धराशायी हुन पुग्दा सोभियत संघको विघटनमात्रै भएन पूर्वि युरोपको समाजवाद ढली जर्मनीको एकिकरणभई विश्व एक ध्रुवीय नेटोअमेरिकी हैकमवाद भित्र पर्न गयो । तव यो खेमाले विकाश सहयोगको राजनीति अन्त्य गरी वैश्विक ब्यापारिक राजनीति अघि सार्दै अव सहयोग होइन ब्यपार (Trade not Aid) भन्न थाल्यो । अव कुनै पनि देश वाच्ने हो भने ब्यापार नाफाबाट वाच, विश्व ब्यपार संगठनको सदस्य वन अनि त्यस्को नियम भित्र वसी ब्यपार गरी समृध्द वन भन्न थाल्यो ।

वरु कमजोर र गरिव राष्ट्रको उत्पादनलाई हामी हाम्रो वजारमा विना भन्सार शुल्क प्रवेश(Generalized System of Preference) दिन्छौ भन्दै अर्को तर्फ नेटोलाई तन्काएर पूर्वि  युरोपसम्म पुराउने रणनीतिमा अमेरिका लाग्यो । यसो गर्दा विश्वबाट समाजबाद पुरै उन्मुलन गर्न सकिन्छ र नेटो अमेरिकी हैकमवाद बलियो हुदै जादा आफनो महाशक्तिको ताजलाई कुनैपनि देश वा देशहरुका समूहहरुले  हल्लाउन सक्तैन भन्ने कुरामा अमेरिका ढुक्क थियो ।
अमेरिकी सोच विपरित विश्व ब्यपारको संगठनको सदस्य वनी चीनले आफनो उत्पादन मार्फत विश्व वजारलाई आफ्नो पक्षमा पारी ४० खरव भन्दा वढी विदेशी मुद्राको संचिती गर्न सफल भएपश्चात चीन विश्वको आर्थिक शक्ति मात्रै भएन नयाँ विश्व सामरिक शक्तिको रुपमा उदाएपछि यसले आफनो पूर्वाधार विकास बैक मार्फत लगानी गरी आफुसंग ब्यपार गर्ने देशसंग सोझो जल, हवाइ तथा स्थल सम्पर्क कायम गर्ने भन्दै बेल्ट एण्ड रोड इनिसियटिभ अगाडि सार्यो । यस्ले अमेरिका जो ब्यापारघाटाबाट गुज्रिरहेको थियो त्यस्को सातो पुत्लो गयो ।

अव विश्वका सबै गरिव राष्ट्रहरु चीनको पक्षमा जाने देखेपछि सहयोग होइन ब्यापार भन्दै आएको नेटो(अमेरिकी खेमा फेरि एकातर्फ एमसिसि जस्तो अनुदानको विकाश सहयोग नीति अर्को हिन्द प्रशान्त रणनीति, क्वाड, अकस जस्तो विश्व सामरिक राजनीति अघिसारी चीनलाई ध्वस्त वनाउने रणनीतिमा लागेको अवस्था छ अहिले ।  उता रुसले भने नेटोअमेरिका खेमा कमजोर भएको ठान्दै नेटोको पूर्वि यूरोपमा तन्कन खोज्ने कार्यलार्ई रोक्न खोज्दा रुस युक्रेन युध्द मंचन भइरहेको अवस्था छ भने भारतलाई बलियो वनाइ चीनलाई विखण्डन गर्ने प्रयाश स्वरुप भएको हालैको भारत पाकिस्तान झडपमा चीनको अत्याधुनिक लडाकु जहाज सफल प्रयोगको कारण पहिलो पटक पाकिस्तान टुक्राइ स्वतन्त्र वाग्लादेश वनाउन सफल भएको भारतको फेरि पाकिस्तानलाई टुक्राएर स्वतन्त्र वेलुचिस्तान वनाउने रणनीतिमा असफल भए पछि अव नेटोअमेरिकी विश्व हैकमवाद र हिन्द प्रशान्त रणनीतिको भविष्यमा प्रश्न चिन्ह लागेको अर्को अवस्था देखिएको छ । 
अवको विश्वब्यवस्थामा चीन, रुस र उत्तरकोरिया हावी हुने देखिन्छ । उत्तर कोरियाली सैनिक त्यसै हावाको भरमा युक्रेन युध्दमा रुसलाई सघाइ रहेका छैनन भनेर बुझनु जरुरी छ । 
BRICS (Brazil, Russia, India China / South Africa) संगठन भित्र रहेको भारत यदि अमेरिकी हिन्द प्रशान्त रणनीतिमै कायम रही चीन विखण्डन गर्न तर्फ लाग्दा सफल भएमा अखण्ड भारत वनाउला तर विफल भएमा ९ टुक्रामा विखण्डन हुने उत्तिकै खतरामा छ । चीनले पनि के बुझ्नु जरुरी छ भने नेटोअमेरिकी हैकमवाद कायम रहुञ्जेल र यो आफ्नो उध्देश्यमा सफल भएमा ताइवान, हंगकंग, मकाउ तिब्बत र सिन्ज्यांग स्वतन्त्र राष्ट्रको रुपमा उदय हुन सक्छन भन्ने कुरालाई ख्याल गरी तुरुन्तै रुस र उत्तर कोरियासग सामरिक सहकार्य शुरु गरी नेटोलाई ध्वस्त वनाउने तर्फ लाग्नु पर्दछ । अनिमात्रै हिन्द अमेरिकी हैकमबाद पूर्ण रुपमा विस्थापन भई नया विश्व ब्यवस्था स्थापना हुन सक्तछ जहा कुनै एक देशको हैकमवाद रहने छैन ।