काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङ विरुद्ध बहुसंख्यक काँग्रेस सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
मुख्य मन्त्रीबाट हटाउन भन्दै काँग्रेसका प्रदेश सभाका सदस्यले कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित काँग्रेस संसदीय दलका सचिव कृष्णबहादुर तामाङ समक्ष प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
बागमती प्रदेशमा नेपाली काँग्रेसका ३७ जना सांसद मध्ये २१ जनाले राजीनामा माग गर्दै कांग्रेस संसदीय दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर इन्द्रबहादुर बानियाँलाई मुख्य मन्त्री बनाउन समेत माग गरेका छन् ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा प्रदेश सरकारबाट राजीनामा दिएका मन्त्रीसमेत रहेका छन्।
काँग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेताका लागि २०७९ पुसमा भएको निर्वाचनमा २१ मत प्राप्त गरी काँग्रेस केन्द्रीय सदस्यसमेत रहनु भएका तामाङ निर्वाचित भएका थिए।
उनका प्रतिस्पर्धी काँग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बनियाँले १६ मत प्राप्त गर्नुभएको थियो।


0 comment