काठमाडौं —पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौलागाईँलाई पार्टीले सम्मान गरेको छ । 
पार्टीले स्थापना गरेको केन्द्रीय पुस्तकालयलाई आर्थिक सहयोग गरेवापत चौलागाईँलाई सम्मान पत्रसहित सम्मान गरेको हो ।
रामेछाप जिल्लाबाट पार्टीको सक्रिय नेतृत्व गरिरहेका चौलागाईँ स्थानीय स्तरमा चर्चित र जनताका भरोषायोग्य नेता भएको सभापति देउवाको भनाइ छ । चौलागाईँले गरेको आर्थिक सहयोगले केन्द्रीय पुस्तकालयलाई व्यवस्थित गर्न मद्दत पुगेको सभापति देउवाले बताउनुभयो ।
केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेर हाम्रा नेताहरूले पठन संस्कृतिलाई जोड दिनुभएको छ । पुस्तकालयले पार्टीका नीति, सिद्धान्त र अरु ज्ञान आर्जनका लागि सहयोग गरेको छ,’ देउवाको भनाई थियो ।