काठमाडौं - कोरोना संक्रमितको संख्या दिन प्रती दिन उकालो लाग्ने क्रम जारी छ । सोही क्रममा अग्रपंक्तिमा रहेर काम गर्दै आइरहेका प्रहरीहरुमा पनि संक्रमण बढ्दै गएको नेपाल प्रहरीका प्रबक्ता बिष्णु कुमार केसिले आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
नेपाल अधिराज्यभरी ८ सय ३४ जना प्रहरी कर्मचारीहरुमा संक्रमण पुष्टि भएको छ भने उपत्यकामा मात्र १ सय ९८ जना संक्रमित भएको तर कसैलाइ पनि जटिल समस्या नभएको अयोजित पत्रकार सम्नेलनमा प्रबक्ता केसिले बताउनुभयो ।
अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई स्वास्थय मापदण्ड पालन गरेर काममा खटिन निर्देशन दिइसकेको र प्रहरीको २ नम्बर गणमा र बिपद ब्यवस्थापनको भवनमा आइसोलेसनको ब्यवस्था गरिएको पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
आयोजित पत्रकार सम्मेलनमा काभ्रेको पनौतिमा नेपाल प्रहरी प्रशिक्षण केन्द्रको भवन निर्माण, प्रहरी नियमावली ९ संसोधन र यहि माघ १ गते देखि ट्राफिक प्रहरीलाई उपलब्ध गराईने भत्ता बिषयमा पनि जानकारी गराइएको थियो ।
0 comment