काठमाडौं - प्रमुख सत्तारुढ दल नेकपा एमालेले पार्टी विधान संशोधनको प्रस्ताव पारित गरेको छ। शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकले पार्टीभित्रको दुई सदस्यता र उमेरहद सम्बन्धी व्यवस्था हटाउने प्रस्ताव पारित गरेको हो। 

यो व्यवस्थाले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पुन अध्यक्ष बन्न बाटो खोलेको छ भनेअध्यक्ष बनेर एमाले हाक्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अप्ठयारो परेको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा सदस्यहरूका सुझाव समेट्दै विधान संशोधन प्रस्ताव पारित गरिएको छ। ‘महत्वपूर्ण कुरा दुई सदस्यता र उमेरहदको व्यवस्था हटाउने निर्णय हो,’ गौतमले भने, ‘बैठकले प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृति दिएको छ।’

बैठकमा ६८ जना नेताले धारणा राखेका थिए। संशोधित प्रस्ताव अब आगामी विधान महाधिवेशनमा अनुमोदनका लागि पेश गरिनेछ।