काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक औसत २.५५ किलोमिटर सडक निर्माण भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत शुक्रबार उनले पछिल्लो छ वर्षमा मुलुकले भौतिक पूर्वाधार विकासमा उल्लेख्य फड्को मारेको उल्लेख गरे
उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै ९३२ किलोमिटर सडक कालोपत्र गरिएको छ। “६ वर्षअघि हामी सरकारमा हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च थियो, त्यो बीचमा घटेको देखिन्छ। अहिले फेरि हामी सरकारमा आएपछि गति फेरि बढेको तथ्यांकले देखाएको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरे, “यो गति अझ बढाउन जरुरी छ।”
प्रधानमन्त्री ओलीले आजै इन्जिनियर्स डेको अवसरमा शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म इन्जिनियरहरू राष्ट्रका भरपर्दो जनशक्ति भएको पनि बताए।


0 comment