डि. राज कोइराला
भारतसँगको सन्धि पुनरावलोकन गर्ने काममा दरिएका प्रवुद्धवर्गहरुद्धारा आयोजित उद्घाटन समारोहमा नेपाल र नेपालीलाई भुटान र भुटानीसँग तुलना गर्दै वक्तव्य दिने भारतीय प्रवुद्ध वर्गका नायक माननीय भगतसिं कुशियारीले प्रवुद्धवर्गको औपचारिक वैठकमा यो कुरा वोलेनन भनेर दङ्गदास पर्ने (निलाम्बर आचार्यको भनाई) नेपाली प्रवुद्धवर्गका विवेकको दिवालियापनलाई नेपाली नागरिकहरुले सम्मान गर्नै पर्छ भन्ने के जरुरी छ ?
६ सप्टेम्वर १८४१ को Lord Auckland को आदेशपत्र ११ नोभेम्बर १८६५ को सिन्चुला सन्धि ८ जनवरी १९१० को पुनखा सन्धि, ८ अगष्टमा हस्ताक्षर भई २२ सेप्टेम्बर १९४९ मा अनुमोदित भुटान र भारतका वीचमा भएको सन्धिबाट भारतले भाडामा लिएको कालेवुङ, पश्चिम डुवर्स र आसाम डुवर्सलाई भारतले निलेको इतिहासका अनविज्ञ वनेका र उक्त समारोहमा उपस्थित नेपालका शासक वर्ग र शासक वर्गका इशारामा नाँच्न सक्ने भनी शंका गरिएका प्रवुद्ध वर्गले, भारतले नेपाललाई कुटनैतिक भाषा प्रयोग गरेर निल्ने पूर्वाधार तयार पारेको हो भन्ने कुरा मनन नगरी पञ्चेवाजामा लाटो नाँचे जस्तो के तमासा देखाएका हुन को नि ? यस्ताहरुले टिष्टा कांगडा फिर्ता ल्याएर राष्ट्रको अस्तित्व कायम राख्छन भन्ने आधार चै के छ ?



0 comment