काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौं उपत्यकाका मुख्य १४ ठाउँमा आजबाट हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्क सञ्चालन गर्दैछ।

आज बिहान  १० बजे कलंकीबाट शीर्ष नेताहरूको उपस्थितिमा ऐक्यबद्धता डेस्क शुभारम्भ हुँदैछ।

रास्वपाले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा सभापति रवि लामिछाने विरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको हो ।

स्थापना दिवसको दिन बिहानै बसेको केन्द्रीय समिति बैठकले सभापति रविमाथिको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर अभियान चलाउने निर्णय गरे संगै सोही दिन  पार्टीले माइतीघर मण्डलाबाट दिउँसो औपचारिक रूपमा अभियान सुरु गरेको हो ।

सभापति रविले ‘न्याय’ नपाएसम्म अभियान चलाउने रास्वपाको योजना रहेको छ ।