काठमाडौं - प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै भिजिट भिसा प्रकरणबारे सांसदहरूले उठाएका प्रश्नको गृहमन्त्री रमेश लेखकले जवाफ दिएका छन् ।

बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरू उठेका थिए । सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकले बोल्न समय मागेकाले आसन ग्रहण गरेर जवाफ सुन्न भनेका थिए । त्यसपछि रास्वपाका सांसदहरूले आसन ग्रहण गरेर जवाफ सुनेका थिए ।

सरकारले सोमबार राति पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो ।