काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सबै सांसदहरूलाई ह्वीप जारी गरेको छ।
एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले सोमबार जारी गरेको ह्वीपमा सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भई विधेयकको समर्थनमा मतदान गर्न निर्देशन दिइएको छ।
सङ्घीय संसदमा आगामी मङ्गलबार (भोलि) प्रतिनिधिसभाको बैठकमा सो विधेयक निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक जेठ १५ गते संसदमा पेस गरेको थियो।
एमालेले संसदमा आफ्नो उपस्थिति र एकताबद्ध समर्थन सुनिश्चित गर्न ह्वीप जारी गरेको हो।


0 comment