सर्वप्रथम यहि फाल्गुन ३ गते शनिवार शिवपुरीमा बसेको रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंको बोर्ड बैठकले मेरो रोटरी सदस्यतालाई स्वीकृत गरेकोले सबै रोटरीयन पदाधिकारी एवं सदस्य ज्यूहरुलाई आभारसहित धन्यवाद दिन चाहन्छु ।
रोटरीले मानव चरित्रको विकास गरी विचार तथा आत्माको उच्चतम प्रस्फुटन गर्दछ । यसले हामीलाई मानवीय मूल्य मान्यता तथा साँस्कृतिक चेतनाको माध्यमद्वारा व्यक्तिहरूमा सीपको विकास गराई सेवा भावनाको इच्छा तथा क्षमताको विकास गराउँदछ । रोटरीले संसारको उत्थान तथा शान्तिको समझदारीका निमित्त अति उपयुक्त वातावरणको सृजना गर्दछ । अहिले पनि संसारमा त्यस्ता लाखौं पुरुष तथा महिलाहरू छन् जसको मनमुटुमा रोटरियनको भावना लुकेको छ तर रोटरियन बन्न सकिरहेका छैनन् । त्यसको एउटा मात्र कारण यो हो की तिनीहरूलाई रोटरियन बन्न आग्रह गरेको छैन । रोटरी क्लब र रोटरियनहरूको आवश्यकता र महत्व पहिले भन्दा झन् बढी भएको छ ।
रोटरीमा किन संलग्न र प्रवेश गर्ने भन्ने विषयमा निम्नानुसारका सान्दर्भिक कारणहरू रहेका छन् ।
१) अहिलेको यस जटिल बन्दै गइरहेको संसारमा रोटरीले मानिसको एक महत्वपूर्ण आधारभूत आवश्यकता पूरा गर्दछ त्यो होः साथीभाइको र मित्रता आदान प्रदान को आवश्यकता ।
२) रोटरीले प्रत्येक व्यवसाय समुदायहरूको बीचमा आपसी समन्वय कायम गर्दछ ।
३) रोटरीको सदस्यताले व्यक्तिगत सम्बन्धहरूमा वृद्धि गर्दै व्यक्तित्व विकासमा टेवा पुर्याउँदछ ।
४) रोटरी एक नेतृत्व गर्ने व्यक्तिहरू तथा सफल व्यक्तिहरूको संगठन हो । अरुको सेवा गर्दै नेतृत्वको विकास गर्न रोटरीको लागि विश्वविद्यालयको शिक्षा जस्तै हो ।
५) सामान्यतया रोटरी क्लबले समुदायका असल तथा सक्रिय नागरिकलाई समेटेको हुन्छ । तसर्थ यसले असल नागरिकको विकास गर्दछ ।
६) समुदाय, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा के भइरहेछ भन्ने बारेमा सबैलाई सुसूचित गराउनको निमित्त रोटरीमा प्रत्येक हप्ता एक कार्यक्रमको आयोजना गरिन्छ । जसले सूचनामूलक शिक्षाको विकासमा निरन्तरता दिएको हुन्छ ।
७) रोटरीले मानिसहरूको जमानमा बोल्ने सीपको साथै आत्मविश्वासको विकास गर्दछ ।
८) संसारमा रोटरी क्लब नभएका ठाउँहरू अत्यन्त कम छन् । यसको अर्थ रोटरीले संसारभरिका मानिससँग मित्रताको विकास गर्न मद्दत गर्दछ ।
९) नयाँ ठाउँमा यात्रा गरिरहेको एक रोटरियनले रोटरी संजालको माध्यमद्वारा एक डाक्टरलाई, वकिललाई तथा पेशाकर्मीलाई छिटो र सजिलोसँग भेटन सक्दछ र आवश्यक सहयोग पाउन सक्दछ ।
१०) रोटरीले समय समयमा भेला, सम्मेलन तथा गोष्ठी आयोजना गर्दछ जसले रोटरीहरूमा ज्ञानवद्र्धक, शिक्षामूलक तथा सूचनामूलक मनोरञ्जन प्रदान गर्दछ ।
११) प्रत्येक हप्ता गरिने भेला तथा बैठकले सदस्यहरूलाई विभिन्न खालका सकारात्मक सामाजिक व्यवहार अथवा सीपको विकास गर्ने अवसर प्रदान गर्दछ ।
१२) रोटरीले संसारकै सबभन्दा ठूलो आदानप्रदान कार्यक्रम सञ्चालन तथा आयोजना गर्दछ । जसअन्तर्गत माध्यमिक तहका विद्यार्थीको लागि कार्यक्रम, क्याम्पसका विद्यार्थीको लागि कार्यक्रम, दम्पतिका लागि विभिन्न अवसर तथा विभिन्न प्रकारका पारिवारिक कार्यक्रम रहेका हुन्छन् जसले सदस्यहरूमा मूल्य मान्यताको विकास गर्न टेवा पुर्याउँदछ ।
१३) प्रत्येक रोटरीमा रोटरियनले अपनाउँदै आएको व्यवसायलाई बढवा दिने खालका सीपहरूको विकास गर्ने अपेक्षा गरिएको हुन्छ ।
१४) रोटरीले चार तरिकाले परीक्षण (Four Way Test) को अभ्यासद्वारा कुनै पनि सदस्यको मूल्यमान्यताको उच्च तहसम्म विकासमा सहयोग पुर्याउँदछ । जसले रोटरियनलाई आफ्नो व्यवसाय र व्यक्तिगत सम्बन्धमा नैतिकताको विकास गर्नमा सघाउ पुर्याउँदछ ।
१५) रोटरीमा प्रत्येक भाषा, सँस्कृति, जात, जाति, धर्म, समूह, राजनीतिक समूह इत्यादिको संलग्नता पाइने हुँदा यसले अवश्य पनि साँस्कृतिक चेतनाको विकासमा सहयोग पुर्याउँदछ ।
१६) रोटरी संसारकै सबभन्दा पुरानो र प्रतिष्ठत क्लब हो । यसमा कार्यकारिणीहरू, व्यवस्थापकहरू तथा अन्य पेशागत व्यक्तिहरू संलग्न हुन्छन् जसले प्रभावकारी नीति बनाउन र निर्णय गर्न सक्छन् ।
१७) जे सुकै भएतापनि रोटरीमा आवद्ध मानिसहरू असल मानिस हुन्छन् । महत्वपूर्ण हुनु राम्रो कुरा हो र राम्रो हुनु अझ महत्वपूर्ण कुरा हो भन्ने मान्यतामा विश्वास गर्ने मानिस रोटरीमा आवद्ध छन् ।
१८) रोटरीमा कुनै त्यस्तो फरकखालको गोप्य प्रकारको नीति छैन । न त यसमा हामी यस्तो, उस्तो अरुभन्दा फरक भन्ने साँघुरो सोचाइ नै छ । यो त एउटा पुरुष र महिलाको खुला तथा स्वतन्त्र समाज हो जसमा केवल अरुलाई सेवा प्रदान गर्नु पर्छ भन्ने कुरामा विश्वास गरिन्छ ।
१९) रोटरी एक सेवामुखी क्लब हो । यसको मुख्य ध्येय मानिसहरुलाई प्रदान गरिने सेवा हो । त्यसैले सायद रोटरीहरूले प्राप्त गर्ने सर्वोत्तम अवसर भनेको अरुलाई सेवा गर्ने मौका प्राप्त गर्नु हो ।
२०) रोटरी विभिन्न पेशा र व्यवसाय नेतृत्व गर्नेको समूह हो । त्यसकारण यसको बैठक र कार्यक्रममा समयको महत्वलाई विशेष प्राथमिकता दिने गरिन्छ ।



2 comments
Prem बुधबार, ४ असार, २०८२
Ramro lagyo . Yasako lagi dherai dherai dhanyabad.
ns Rtn Prabhat sir बुधबार, ४ असार, २०८२
Kasto ramro Rotary bareko anubhab ko lekha mankari ,sahayogi bhan bhaeka sathi haru ko team work ko form bare ramro anubhab congratulations Rtn Prabhakar sir teti tada bhaera ni Rotary ko Maya true Rotarian ho hajur